काठमाडौं । वत्सालय एभरेष्ट महिला भलिबल लिग (EWVL) को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी खेलाडी रोमी विनस्ट्रालाई अनुबन्ध गरेको छ। मधेश युनाइटेडले उनलाई क्लबको पहिलो विदेशी खेलाडीका रूपमा घोषणा गरेको हो।

नेदरल्याण्ड्समा पछिल्ला वर्षहरूमा उदाउँदै आएका नयाँ पुस्ताका खेलाडीमध्ये रोमी विनस्ट्रा चर्चित नाम हुन्। उत्कृष्ट खेलकौशल र प्रतिबद्धताका कारण उनले छोटै उमेरमै सफलता प्राप्त गरेकी छन्।

१८८ से.मी. उचाइकी विनस्ट्रा आउटसाइड हिटर हुन्। सन् २०२१ देखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन क्लब सुडोसा-डेस्टो बाट खेल्दै आएकी उनले आक्रमण र रक्षा दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेकी छन्। सन् २०२४ मा उनले सुडोसा-डेस्टोबाट नेदरल्याण्ड्स युवा राष्ट्रिय च्याम्पियनसिप जित्न पनि सफल भएकी थिइन्।

विनस्ट्राको आगमनप्रति उत्साह व्यक्त गर्दै मधेश युनाइटेडले भनेको छ, “उनको आगमनले हाम्रो टिम अझ सबल हुने विश्वास छ। निर्णायक खेलहरूमा उनको शक्तिशाली स्म्यास र खेल प्रदर्शनले टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गर्नेछ।”

अनुबन्ध पश्चात् रोमी विनस्ट्राले नेपालमा आएर खेल्न पाउनु ठूलो खुशी भएको बताइन्। उनले भनिन्, “मैले नेपालको बारेमा धेरै सुनेकी छु। यहाँ आएर खेल्न पाउनु मेरो लागि निकै उत्साहजनक अवसर हो।”

मधेश युनाइटेड टिम :

खेलाडी : अनरुता ठगुन्ना (क्याप्टेन), आरती सुबेदी, कोमल राणा, सरस्वती कटेल, उषा बिष्ट, भविता बोहोरा, बसन्ती साउद, स्नेहा ठगुन्ना

प्रशिक्षक : कोमल उप्रेती

ब्रान्ड एम्बेसडर : निहित शाह

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile