काठमाडौँ – जारी ‘द टप इन्ड टी–२० सिरिज’मा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ।

सोमबार बिहान मेलबर्नमा सम्पन्न खेलमा नेपाल ३१ रनले मेलवर्न स्टार्ससँग पराजित भयो। १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकीय ५३ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको चुनौती प्रस्तुत गरेको थियो। स्टार्सका लागि ब्लाक म्याकडोनाल्डले ७४ तथा थोमस रोजर्सले ६५ रनको उल्लेखनीय पारी खेले।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिन सफल भए भने सोमपाल कामी र शहाब आलमले १-१ विकेट हात पारे।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile