काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित महिला लिग छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। उद्घाटन खेल दिउँसो १ बजे छहारी फुटबल क्लब र एफसी रिएलेबीच हुनेछ

त्यस्तै आजै हुने दिनको दोस्रो खेलमा ४:१५ बजे संकटा एफसी र नेपाल खेलकुद क्लब आमनेसामने हुनेछन्।

प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ, जसलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड एफसी, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट्स फुटबल क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल र एफसी रिएले रहेका छन्।
समूह ‘बी’ मा न्युरोड टिम (एनआरटी), संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गर्ल्स एफसी, झापा एफसी, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब रहेका छन्।

यसअघि असार पहिलो साता एन्फाले १६ टोलीको नाम सार्वजनिक गरेको थियो। तर चित्लाङ एफसी र कन्काइ खेलकुद प्रतिष्ठानले समयमा आवश्यक कागजात बुझाउन नसकेपछि प्रतियोगिताबाट बाहिरिएका छन्।

छनोट चरणमा हरेक समूहको शीर्ष दुई टोली सिधै मुख्य महिला लिगका लागि छनोट हुनेछन्। त्यसैगरी तेस्रो स्थानमा रहने टोलीबीच प्लेअफ खेल हुनेछ र विजेताले पनि मुख्य लिगमा स्थान सुरक्षित गर्नेछ।

४३ खेल हुने यो प्रतियोगिता च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेल दृश्य (KHEL DRISHYA) युट्युब च्यानलबाट हुनेछ।

एन्फाले सहभागी टोलीलाई ५० हजार रुपैयाँ तयारी खर्च र १० हजार रुपैयाँ ‘म्याच फी’ प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमानित बजेट ८९ लाख ७३ हजार ५७१ रुपैयाँ रहेको एन्फाले जानकारी दिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile