काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जु नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। कलेजले मंगलबार आफ्नै भवनमा उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो।

सो कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईलगायको उपस्थिति थियो।

उनलाई नगद र मायाको चिनोसहित समान पनि गरेको हो। सो नगद रकम भने खुलाइएको छैन। एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile