काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियामा आयोजना हुने ‘द टप इन्ड टी–२० सिरिज’का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा सोमबार १६ सदस्यीय टोली सार्वजनिक गरिएको हो। टिममा उपकप्तानका रूपमा दिपेन्द्र सिंह ऐरी रहेका छन् भने अन्य खेलाडीहरूमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजबंशी समावेश छन्।

अस्ट्रेलियाको नर्थर्न टेरिटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म डार्विनमा हुनेछ। प्रतियोगितामा नेपालसहित पाकिस्तान ए, बंगलादेश ए, शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स र एनटी स्ट्राइक सहभागी हुनेछन्।

नेपालको खेल तालिका अनुसार, नेपालले १५ अगस्तमा एनटी स्ट्राइकसँग, १६ अगस्तमा बंगलादेश ए सँग, १८ अगस्तमा मेलबर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरीकेन्ससँग, २० अगस्तमा मेलबर्न रेनेगेड्ससँग र २२ अगस्तमा पाकिस्तान ए सँग भिड्नेछ। घोषणा

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile