राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिम तयारीका नायब वरिष्ठ प्रशासकीय अधिकृत नवराज खड्का र क्रिकेट प्रशिक्षक सुरेशदत्त पाण्डेलाई आइतबार बिदाइ गरेको छ ।

खड्का साउन ५ गते तथा पाण्डे असार १५ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास भएका थिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उनीहरुलाई एक कार्यक्रमबीच बिदाइ गरे ।

खड्का २०५३ साल तथा पाण्डे २०६१ सालमा राखेपमा स्थायी सेवामा प्रवेश गरेका थिए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *