काठमाडौं — त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। अन्तर्राष्ट्रिय चेस दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता त्रियोग स्कुल परिसरमै सुरु गरिएको हो।

स्विस लिग प्रणालीअनुसार सञ्चालित प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीहरूले सहभागिता जनाएका छन्। दुई दिने प्रतियोगिताको पहिलो दिन विभिन्न उमेर समूहअनुसार छनोट चरणका खेलहरू सम्पन्न भएका छन्। हरेक स्पर्धामा शीर्ष २० स्थान प्राप्त गर्ने खेलाडीहरूले दोस्रो दिन अन्तिम प्रतिस्पर्धामा भाग लिने छन्।

प्रतियोगितामा कुल ८ वटा स्पर्धा समावेश गरिएका छन्। जसमा कक्षा ३ सम्म, कक्षा ४ र ५, कक्षा ६ र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र र छात्राका छुट्टाछुट्टै प्रतिस्पर्धा सञ्चालन गरिँदैछन्।

प्रतियोगिताको उद्घाटन त्रियोग हाई स्कुलका प्रमुख कार्यकारी निर्देशक अजित लामाले गरे। उनले विद्यार्थीको बौद्धिक क्षमताको विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताएका थिए।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *