ज्ञान निकेतन र विल्सन एकेडेमी दोश्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर्स ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा भएको सेमिफाइनलमा ज्ञान निकेतनले माइलस्टोनलाई १७–९ तथा विल्सनले हेम्सलाई १२–९ ले पराजित गरे ।

जुनियर ब्वाइजमा स्पाङ्गेलले केएमसीलाई ८–६ तथा ग्रिनलन्सले ज्ञान निकेतनलाई १०–८ ले हराउदै फाइनल भेट पक्का गरे । सिनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभनले क्यान्भास बसन्त ऋतुलाई ११–७ तथा डेफोडिल पब्लिक स्कुलले हिमालीलाई ८–३ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *