आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुल र हिमाली दोश्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर्स गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सिनियर गल्र्समै बौद्ध चिल्ड्रेन हेभन, काठमाडौं शिक्षालय, पाठशाला, डेफोडिल पब्लिक स्कुल, क्यान्भास बसन्त ऋतु र केएमसीले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजकको कोर्टमा भएको प्रतियोगिताको सिनियर ब्वाइजमा हेम्स ‘ए’ र ‘बी’, पाठशाला, फ्लोरिडा ‘ए’ र ‘बी’, चैतन्य, काठमाडौं जेभियर्स, ज्ञान निकेतन, भ्याली भ्यु, सनसाइन, विल्सन एकेडेमी ‘ए’ र ‘बी’, डेफोडिल, इनोभेटिभ, माइलस्टोन र स्पाङ्गेलले प्रिक्वाटरफाइनलमा स्थान बनाए ।

जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय, ज्ञान निकेतन, केएमसी, ग्रिनलन्स, फ्लोरिडा, केइएस, काठमाडौं जेभियर्स, अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए), केसीसी, स्पा्ङगेल र ग्रिनलन्सले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।
प्रतियोगिताको काठमाडौं जेभियर्सका संस्थापक प्रिन्सिपल एवं काठमाडौं प्याब्सनका उपाध्यक्ष आरबी अधिकारी, काठमाडौं प्याब्सनका सह–सचिव दिनेश पाण्डे र काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐरले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।

प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ गरी ६४ टिम सहभागी छन् । दुवै समूहको विजेताले ७ हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । फाइनल बिहीबार हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *