काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्ष बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डर अनुसार भएको कोर्षमा पारासहित नेपालका २८ र भारतका २ गरी ३० प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जनाएका छन् । महासचिव कुबेरका अनुसार सातै प्रदेशको सहभागिता रहने गरी प्रशिक्षार्थी समावेश गरिएको छ ।

नेपालबाट संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापा मगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल शाह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर, रोशन अधिकारी, विवेक राई, दिपेश राना, सिखा सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आश्मा पहाडी, नविता श्रेष्ठ, रविना देसार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, एश्वस्वी अवाल र अजय विक सहभागी छन् । भारतबाट निथिन हरिदास सुदर्शाने भेलायोदमले भाग लिएको संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

कोर्ष आईटीटीएफका डेभलोप्मेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गर्ने छन् ।
कोर्षको राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा आयोजक संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतको उपस्थिति रहेको थियो । कोर्ष असार २९ गतेसम्म सञ्चालन हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile