अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यु–२० महिला च्याम्पियनसिप २०२५ का लागि प्रस्थान गर्न लागेको नेपाली यु–२० महिला राष्ट्रिय टोलीलाई सोमबार बिदाइ गरेको छ।

बिदाइ कार्यक्रम सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकु, मनिष जोशी र प्रवक्ता सुरेश शाहलगायतको उपस्थिति रहेको थियो।
उनीहरूले टोलीलाई सफलताको शुभकामना दिएका थिए।

साफ यु–२० महिला च्याम्पियनसिप:
यो प्रतियोगिता सन् २०२५ जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा हुनेछ। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंकाको सहभागिता रहनेछ।

नेपाली टोली

गोलकिपर:
लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ

डिफेन्डर:
सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया

मिडफिल्डर:
कविता गुरुङ, सुशिला केसी, अश्मिता गुरुङ, बिर्सना चौधरी (कप्तान), सेनु परियार

फरवार्ड:
कुसुम खतिवडा, सुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउबा, समीक्षा मगर

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile