काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी भदौ २० र २३ गते (सेप्टेम्बर ६ र ९) मा बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। दुवै खेल काठमाडौँको दशरथ रंगशालामा हुनेछ।

मैत्रीपूर्ण खेलहरू अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को अन्तर्राष्ट्रिय म्याच विन्डोभित्र पर्ने भएकाले दुबै टिमको फिफा वरियतामा प्रभाव पार्नेछ।

यी खेलहरू नेपाली टोलीका लागि एएफसी एसियन कप छनोटअन्तर्गत बाँकी रहेका खेलहरूको तयारीको रूपमा महत्वपूर्ण मानिएको छ।

एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भिएतनामसँग परेको छ। हालसम्म नेपालले दुई खेल खेलेको छ, तर दुबै खेलमा हार बेहोर्दै अंक तालिकामा अझै खाता खोल्न सकेको छैन।

नेपालले आगामी छनोट खेल अक्टोबर ९ मा भिएतनामको मैदानमा खेल्ने कार्यक्रम रहेको छ। त्यसअघि बंगलादेशविरुद्धका दुई मैत्रीपूर्ण खेलले टोलीको समन्वय र रणनीति परीक्षणका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile