लिभरपुल र पोर्चुगल राष्ट्रिय फुटबल टिमका फरवार्ड दियागो जोटाको स्पेनमा भएको भीषण सडक दुर्घटनामा निधन भएको छ।
स्पेनी सञ्चारमाध्यमहरूका अनुसार, बुधबार (जुलाई ३, २०२५) बिहान स्पेनको जामोरा प्रान्तस्थित ए–५२ मोटरवे नजिक जोटा सवार गाडी दुर्घटनामा परि उनको र उनका भाइ आन्द्रे जोटाको मृत्यु भएको हो।

दुर्घटनापछि गाडीमा आगो लागेको र दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। जोटाका भाई आन्द्रे पोर्चुगलको दोस्रो डिभिजन क्लब पेनाफियलमा खेलिरहेका थिए।

फुटबल करियरमा जोटाको प्रभाव
२८ वर्षीय जोटाले सन् २०२० मा वुल्भ्सबाट लिभरपुलमा प्रवेश गरेका थिए। लिभरपुलका लागि उनले खेलेका १२३ प्रिमियर लिग खेलमा ४७ गोल गरेका थिए।
पोर्चुगल राष्ट्रिय टिमबाट ४९ खेल खेल्दै, उनले हालै सम्पन्न युएफा नेशन्स लिग २०२५ को उपाधि जित्न समेत महत्वपूर्ण भूमिका खेलेका थिए।

हालै मात्र विवाह गरेका थिए
केही साता अघि मात्रै, जोटाले आफ्नो दीर्घकालीन प्रेमिका रुते कार्डोसोसँग विवाह गरेका थिए। दम्पतीका तीन सन्तान छन्।
अत्यन्त उज्वल भविष्य बोकेका जोटाको असामयिक निधनले फुटबल विश्वमा गहिरो शोक छाएको छ।

विश्वभरबाट श्रद्धाञ्जली
लिभरपुल क्लब, पोर्चुगल फुटबल महासंघ, साथी खेलाडीहरू र फ्यानहरू सबैले जोटाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
सामाजिक सञ्जालमा फुटबलप्रेमीहरूले “एक महान खेलाडी र असल व्यक्तित्वको गुमाइ” भनेर प्रतिक्रिया दिइरहेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile