काठमाडौं, असार — जावलाखेल युथ क्लब र ललितपुरस्थित महाद्युङ डोडे स्कुलबीच साझेदारी गर्दै एन्फा यू-१६ युथ लिग फुटबल टुर्नामेन्ट २०२५ मा सहभागिता जनाउने तयारी गरिएको छ।

क्लबको संरक्षणमा स्कुलका विद्यार्थीहरूलाई फुटबल प्रशिक्षण दिई उनीहरूलाई प्रतिस्पर्धात्मक लिगमा सहभागी गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिने बताइएको छ। साझेदारीअनुसार इच्छुक विद्यार्थीहरूका लागि क्लब र स्कुलको संयुक्त समन्वयमा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरिनेछ।

छनोट भएका प्रतिभाशाली खेलाडीहरूलाई विशेष प्रशिक्षण दिइ उत्कृष्ट टोलीको निर्माण गरिने र उनीहरूलाई एन्फा यू-१६ लिगमा सहभागी गराइने क्लबले जनाएको छ।

यस पहलमार्फत स्थानिय स्तरमै युवा फुटबल प्रतिभालाई उजागर गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने अपेक्षा गरिएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile