काठमाडौँ-
मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले इतिहास रच्ने प्रदर्शन गर्दै इन्डोनेसियाविरुद्ध ५० ओभरमा ५ विकेटको क्षतिमा ४२० रनको विशाल योगफल बनाएको छ।

यो नेपाली यु–१६ टोलीको अहिलेसम्मकै सबैभन्दा ठूलो टोटल मात्र होइन, एसियाली उमेर समूह क्रिकेटकै कीर्तिमानी स्कोर समेत हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले सुरुदेखि नै आक्रामक धार लिँदै रन बनाउने क्रम रोकिएन। शीर्ष क्रम, मध्यक्रम र अन्तिम ओभरहरूमा लगातार विस्फोटक ब्याटिङ देखिएको थियो।

नेपाली ब्याट्सम्यानहरूको प्रदर्शन:

प्रसिद्ध जैसी – १३२ रन (११४ बल)
ओपनर प्रसिद्धले धैर्य र आक्रामकता मिसाउँदै १५ चौका र १ छक्कासहित उत्कृष्ट शतक प्रहार गरे।

रौनक श्रीवास्तव – ८८ रन (७१ बल)
उत्कृष्ट टेम्पोमा खेलेका रौनकले ८ चौका र २ छक्का जोड्दै इनिङलाई बलियो बनाउँदै लगे।

परिमार्जन यादव – ७१ रन (२८ बल)
अन्तिम ओभरतिर आएको यो विस्फोटक इनिङमा उनले ८ छक्का र ४ चौका हिर्काउँदै विपक्षी बलिङ आक्रमणलाई तहस–नहस बनाए।

जोय थापा – ५७ रन (४१ बल)
मध्यक्रम सम्हाल्दै उनले पनि उत्कृष्ट योगदान दिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile