काठमाडौँ-
म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले क्लब विश्व कप २०२५ अन्तर्गत युभेन्टसविरुद्धको खेलमा गोल गर्दै आफ्नो ३०० औं करिअर गोल पूरा गरेका छन्। हालान्डले यो कीर्तिमान विश्व फुटबलका महान् खेलाडीहरू लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा पनि छिटो समयमै बनाएका हुन्।

मेस्सी र रोनाल्डोले आफ्नो गोल यात्रा किशोरावस्थामै सुरु गरे पनि, हालान्डले कम उमेरमै कम खेलमा यस्तो ऐतिहासिक उपलब्धि हासिल गर्नु उल्लेखनीय मानिएको छ। यो उपलब्धिले उनीलाई आधुनिक फुटबलका सर्वश्रेष्ठ स्ट्राइकरहरूको पंक्तिमा उभ्याएको छ।

हालान्डको खेलशैलीमा रहेको तीव्र गति, गोल गर्ने सजिलो क्षमता, बलमा नियन्त्रण र आक्रामक मानसिकता नै उनको सफलताको मूल आधार हो। विश्लेषकहरूका अनुसार, यदि उनले यही फर्मलाई निरन्तरता दिन सके, निकट भविष्यमा मेस्सी वा रोनाल्डोका गोल रेकर्डहरू समेत पछाडि पार्न सक्छन्।

युभेन्टसविरुद्धको खेलमा चेल्सीले ५–२ को शानदार जित हात पार्दा हालान्डले दोस्रो हाफमा मैदानमा ओर्लिएलगत्तै गोल गरेका थिए। यस जितसँगै सिटी क्लब विश्व कपको अर्को चरणमा अघि बढेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile