नेपाली कराते स्टार एरिका गुरुङले थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । उनले सिनियर महिला ६८ केजीमाथि थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गरिन् ।
]थाइल्याण्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेका छन् । यु–१२ पुरुष ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते ।
सिनियर पुरुष ७५ केजीमा राजिव पुडासैनीले तेस्रो स्थान हासिल गरेका छन् । त्यस्तै सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी तेश्रो भइन् । सिनियर महिला ५५ केजीमा सबिना श्रेष्ठले तेश्रो स्थान हासिल गरिन् ।
सिनियर महिला ५० केजीमा वर्षा बुढामगर तेश्र्रो भइन् । यस–१४ महिला ५२ केजीमा दिया तामाङ तेश्रे्रो भइन् । पुरुष ४५ केजीमा आशिष हरिजन तेश्रेो भए । यु–१४ पुरुष ५० केजीमा प्रजल थापा तेश्रो भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।

