साफ यु-२० महिला च्याम्पियनसिप २०२५ का लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ। प्रतियोगिता जुलाई ११ देखि २२ सम्म बंगलादेशमा हुनेछ।
नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका र भुटानले दुई-दुई पटक खेल्नेछन्, र शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ। मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले टोलीको नेतृत्व गरिरहेका छन्।
नेपाली टोलि:
लिला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, बिर्साना चौधरी, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बु , सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी

