काठमाडौँ | असार ८, २०८२
अन्डरसन–टेन्डुलकर ट्रफी अन्तर्गतको पहिलो टेस्ट खेलमा इंग्ल्याण्डले तेस्रो दिनसम्म खेललाई निकै रोमाञ्चक अवस्थामा पुर्‍याएको छ। भारतको पहिलो इनिङ्सपछि ठूलो स्कोरको जवाफ दिँदै इंग्ल्याण्डले दोस्रो इनिङ्समा सशक्त फाइटब्याक गर्दै खेललाई सन्तुलनमा ल्याएको छ।

भारतको पहिलो इनिङ्स – ४७१ रन
भारतले टस हारेर ब्याटिङमा बोलाइएपछि पनि उत्कृष्ट प्रदर्शन गरेको थियो।

शुभमन गिल (कप्तान) ले कप्तानीमा पहिलो टेस्टमै शानदार शतक प्रहार गर्दा। यशस्वी जैस्वाल र ऋषभ पन्तले पनि आक्रामक शतक बनाउदै बलरहरूलाई दबाबमा राखेका थिए।

इंग्ल्याण्डको जवाफ – ४६५ रन
इंग्ल्याण्डले पनि पहिलो इनिङ्समा राम्रो प्रदर्शन गरेको छ।

ओल्ली पोपले संयमित शैलीमा शतक बनाए।

हेरी ब्रुक ९९ रनमा दुर्भाग्यपूर्ण रूपमा आउट भए। उनी ९९ मा आउट हुने १४औं इङ्लिश खेलाडी बने।

भारतका लागि जसप्रीत बुमराहले ५ विकेट लिए।

भारतले केवल ६ रनको सानो अग्रता लिन सफल भएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile