काठमाडौँ-

अमेरिकामा जारी क्लब विश्व कप २०२५ अन्तर्गत इटालियन क्लब इन्टर मिलानले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

समूह ‘ई’ मा रहेको इन्टर मिलानले शुक्रबार राति जापानी क्लब उरावा रेड डायमण्ड्सलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको हो।

खेलको ११औं मिनेटमा उरावाका खेलाडीले गोल गर्दै अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा कप्तान लाउटारो मार्टिनेजले बराबरी गोल फर्काए। त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा युवा खेलाडी भ्यालेन्टिन कार्बोनीले निर्णायक गोल गर्दै इन्टरलाई जित दिलाए।

उक्त जितसँगै इन्टरले समूह चरणको २ खेलबाट ४ अंक जोडेको छ। यसअघि, इन्टर मिलानले असार ३ गते (June 17) मा भएको पहिलो खेलमा मेक्सिकन क्लब मोन्टेरेसँग १–१ को बराबरी खेलेको थियो।

अब इन्टर मिलानले समूह चरणको अन्तिम तथा निर्णायक खेलमा असार ११ गते अर्जेन्टिनी क्लब रिभर प्लेटसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकाल्न सकेमा इन्टर मिलान समूह विजेता बन्दै सिधै अन्तिम १६ मा स्थान बनाउनेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *