काठमाडौँ – असार ६, २०८२
स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले आज साँझ घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि भएको पहिलो भेटमा नेपालले दुई विकेटको रोमाञ्चक जित निकाल्दै स्कटल्याण्डविरुद्ध मनोबल बढाएको थियो। आजको खेल नेपाली टोलीका लागि श्रृंखलाको उपाधि नजिक पुर्याउने सुनौलो मौकाका रूपमा हेरिएको छ।
त्रिकोणात्मक श्रृंखलामा नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्स गरी तीन टोलीको सहभागिता रहेको छ। हालसम्मको प्रदर्शनमा नेपाल राम्रो स्थितिमा रहेकाले आजको खेल निर्णायक बन्नेछ।
खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
नेपालका लागि सन्दीप लामिछानेको बलिङ, कुशल भुर्तेलको ओपनिङ ब्याटिङ र करण केसीको अलराउन्ड प्रदर्शन फेरि एकपटक निर्णायक बन्न सक्ने अपेक्षा गरिएको छ।
श्रृंखलामा अबधि भित्र उत्कृष्ट लयमा देखिएको नेपाली टोलीप्रति देश–विदेशका क्रिकेट समर्थकहरू आशावादी देखिएका छन्।
आजको जितसँगै नेपालले उपाधिमा आफ्नो दाबी बलियो बनाउन सक्नेछ।

