काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिगको छनोट प्रतियोगिता साउन अन्तिम सातादेखि सुरु गर्ने भएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार एन्फा प्रतिनिधि र सहभागी १६ क्लबको बैठकले छनोट प्रतियोगिता साउन २७ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।

छनोट प्रतियोगिताका लागि असार २० गतेभित्र खेलाडी दर्ता गर्नुपर्ने तय भएको छ।

एन्फाले खेल तालिका भने साउन १६ गते सार्वजनिक गरिने जनाएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile