कृषि विकास बैंक १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा मंगलबार दोहोरो उपाधिनजिक पुगेको छ । कृषिको पुरुष र महिला दुवै टोली फाइनलमा पुगेका हुन् ।

टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको पुरुषको सेमिफाइनलमा कृषिले नेपाल वायुसेवा निगमलाई १–० गोलले पराजित ग¥यो । फाइनलमा कृषिको भेट नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ संग हुनेछ । अर्को सेमिफाइनलमा नागरिक उड्डयनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–१ गोलले हराएको ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलामा कृषि विकास बैंक ५ टिम सहभागी राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्यो । ३ जित र १ बराबरी खेलेको कृषिले १० अंक जोड्यो ।
कृषिले उपाधिका लागि नेपाल बैंक लिमिटेड विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

८ अंक जोडेको नेपाल बैंक उपविजेता बन्दै फाइनलमा पुगेको हो । नेपाल बैंकले समान २ जित र २ बराबरी आत्मासात्    ग¥यो । फाइनल बुधबार हुनेछ ।

पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार हात पार्ने छन् । महिलाको विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *