यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसको स्वर्ण बागमतीले सोमबार क्लिन स्विप गरेको छ । ४ स्पर्धा रहेको टेबलटेनिसमा सबै स्वर्णमा बागमतीले कब्जा ग¥यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सिंगल्सको छात्रमा आर्यन शाही र छात्रामा अर्सना महर्जन पहिलो भए । फाइनलमा आर्यनले बागमतीकै अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११ र १४–१२ तथा अर्सनाले बागमतीकै साइरा शाक्यलाई ११–६, ११–९ र ११–९ को सेटमा पराजित गरे । छात्रमा गण्डकीका सुगम पौडेल र कोशीका गौतम तामाङ तेश्रो भए । छात्रामा लुम्बिनीकी सोनम गुरुङ र बागमतीकी प्राज्ना महर्जन तेश्रो बने ।
छात्र डबल्समा बागमतीका आर्यन शाही र अर्नव श्रेष्ठको जोडी पहिलो भए । आर्यन र अर्नवको जोडीले फाइनलमा कोशीका गौतम तामाङ र सक्षम बस्नेतको जोडीलाई ११–९, ११–७ र ११–६ को सोझो सेटमा पाखा लगाए । गण्डकीका सुगम पौडेल र दीपनिशान शाही तथा लुम्बिनीका सुविन क्षेत्री र सुविन थापाको जोडी तेश्रो भए ।
उक्त स्पर्धाको छात्रामा बागमतीका अर्सना महर्जन र साइरा शाक्यको जोडीले फाइनलमा कोशीका स्वस्तिका चौधरी र श्रेया सुवेदीको जोडीलाई ११–१ र ११–४ र ११–२ को सोझो सेटमा पन्छाए । लुम्बिनीका सोनम गुरुङ र अयाना शाह तथा गण्डकीका श्रृष्टि खड्का र ब्रिसना बस्नेतको जोडीले कांस्य हात पारे । विजेतालाई राखेपका कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

