काठमाडौं। आईसीसी विश्वकप लिग-२ को खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ। स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाल २ रनले पराजित भएको हो।

३२४ रनको लक्ष्य पछ्याएको नेपाल ५०औं ओभरको अन्तिम बलमा ३२१ रनमा अल आउट भएको हो। यो नै नेपालले ओडिआईमा बनाएको सर्वाधिक रन हो। यसअघि ओमानविरुद्ध सन् २०२३ मा नेपालले ३१० रन बनाएको थियो।

नेपालका लागि भीम सार्कीले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेले। आरिफ शेखले ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे। सोमपाल कामीले ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाएको थियो।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *