काठमाडौँ- फ्रान्सेली सुपरस्टार किलियन एमबाप्पेले रियल म्याड्रिडमा आफ्नो पहिलो सिजनलाई अविस्मरणीय बनाउँदै एकैपटक ला लिगाको पिचिची ट्रफी र युरोपियन गोल्डेन बुट दुबै जितेका छन्। उनले क्लबमा नयाँ अध्याय सुरु गरेको पहिलो वर्षमै कीर्तिमानी सफलता हात पार्न सफल भएका हुन्।

ला लिगा पिचिची ट्रफी: सर्वाधिक गोलकर्ता एमबाप्पे
एमबाप्पेले २०२४/२५ को ला लिगा सिजनमा ३४ खेल खेल्दै ३१ गोल गरेका छन्। यो उपलब्धिले उनलाई “पिचिची ट्रफी” दिलायो, जुन प्रत्येक वर्ष स्पेनको ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ।

युरोपियन गोल्डेन बुटको रेस:
ला लिगामा उत्कृष्ट प्रदर्शनकै आधारमा एमबाप्पेले युरोपियन गोल्डेन बुट पनि जिते। यो उपाधि युरोपका सबै शीर्ष लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई दिइन्छ।

किलियन एमबाप्पे – ३१ गोल × २ = ६२ अंक

भिक्टर ग्योकेरेस (स्पोर्टिङ लिस्बन) – ३९ गोल × १.५ = ५८.५ अंक

मोहम्मद सालाह (लिभरपुल) – २९ गोल × २ = ५८ अंक

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile