काठमाडौं । गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार कीर्तिपुरलाई पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरलाई ८१-६४ ले पराजित गरेको हो ।
पाँचौ जितपछि गोल्डनेगेटले ६ खेलबाट शीर्ष स्थानको हाउण्ड्स एकेडेमी समान ११ अंक जोडेको छ । पहिलो खेलमा टाइम्ससँग पराजित भएको गोल्डेनगेटले लिगमा लगातार पाँचौ जित हात पारेको हो । लिगमा हाउण्ड्सलाई हराउने एक मात्र टिम गोल्डेनगेट हो ।  

कीर्तिपुरको भने यो लगातार चौथो हार हो । सुरुवाती दुई खेलमा सामाखुशी युथ क्लबलाई हराएपछि कीर्तिपुरले जित हात पार्न सकेको छैन ।
कीर्तिपुरल विरुद्ध गोल्डेनगेटको यो दोस्रो जित हो । लिगमा यसअघि पहिलो खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ९२-६५ ले पराजित गरेको थियो ।

गोल्डेनगेटले सुरुवात देखि नै अलमा अग्रता लिँदै अन्तिमसम्म कायम राखेको थियो । पहिलो क्वाटर २६-२० र दोस्रो क्वाटर १८-१५ ले आफ्नो पक्षमा पारेको थियो । यस्तै गोल्डेनगेटले तेस्रो क्वाटर २१-१७ र चौथो क्वाटर १७-१२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
खेलको मोस्ट भ्यालुएबल प्लेअर गोल्डेनगेटका अजय कुश्वाह भए । गोल्डेनगेटका लागि सुदिप पौडेलले सर्वाधिक २३ अंक स्कोर गरे । कीर्तिपुरका लागि निश्चल महर्जनले २२ अंक स्कोर गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile