स्पेनिस क्लब रियल म्याड्रिडले शनिबार राति सान्टियागो बर्नाबेउ रंगशालामा रियल सोसियडाडलाई २-० गोलले पराजित गरेको छ। यो संगै रियलले प्रशिक्षक कार्लो एन्सेलोटी र लुका मोड्रिचको बिदाइ गरेको छ।

फ्रान्सेली सुपरस्टार किलियन एमबाप्पेले पहिलो हाफमै दुई उत्कृष्ट गोल गर्दै म्याड्रिडको जित सुनिश्चित गरे।

खेलको ८७औं मिनेटमा मोड्रिचलाई मैदानबाट प्रतिस्थापन गर्दा दुबै टोलीका खेलाडीहरूले “गार्ड अफ अनर” दिँदै भावुक सम्मान व्यक्त गरेका छन्।

यो जितसँगै रियल म्याड्रिडले ८४ अंकसहित ला लिगाको दोस्रो स्थानमा सिजन समाप्त गर्‍यो, भने बार्सिलोना ८५ अंकसहित च्याम्पियन बनेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile