बागमती प्रदेश यु–१४ जुनियर खेलकुदका लागि काठमाडौं जिल्लाबाट शनिबार टेबलटेनिस खेलाडी छनोट भएका छन् । पुरुष÷महिलामा समान ३–३ गरी ६ खेलाडी छनोट भएका हुन् ।
पुरुषमा अर्नव श्रेष्ठ, आर्यन शाही र शम्भवराज ओन्त छनोट भए । महिलामा प्रजिना महर्जन, यमिला श्रेष्ठ र अंशु खनाल छानिइन् ।
काठमाडौं जिल्ला टेबलटेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना गरेको छनोट प्रतियोगिताको पुरुषमा २४ तथा महिलामा ८ खेलाडी सहभागी थिए ।

