काठमाडौं । थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार गोलकिपर अञ्जिला तुमबापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
टोलीमा नयाँ अनुहार अटाएका छैनन्। नेपालले मे ३० र जुन २ मा घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले एएफसी महिला एसिया कप छनोटको तयारीस्वरुप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
छनोटको पहिलो चरण मे ४ बाट सुरु हुँदैछ। समूह ‘एफ’ मा नेपाल, लाओस, श्रीलंका र उज्वेकिस्तान छन्।
नेपाली टोली
अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ, अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, सरसती हमाल, सुस्मा तामाङ, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

