काठमाडौँ । नापोलीले इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ। शुक्रबार राति सम्पन्न खेलमा नापोलीले कागलीअरीलाई २-० गोल अन्तरले जित हासिल गर्दै सिरी ए को यस सिजनको उपाधि जितेको हो ।

नापोलीको जितमा स्कट म्याकटोमीनाय र रोमेलु लुकाकुले एक एक गोल गरे। यो जितसँगै नापोलीको ३८ खेलमा ८२ अंकसहित लिगको उपाधि जितेको हो। त्यस्तै दोस्रो स्थानमा रहेको इन्टर मिलानको ३८ खेलमा ८१ अंक रहेको छ।

नापोलीको क्लब इतिहासमा यो चौथो सिरी ‘ए’ उपाधि हो।

सिरी ए को उपाधि सबै भन्दा बढी जित्ने रेकर्ड भने युभेन्टसको नाममा छ। युभेन्टसले ३६ पटक लिग उपाधि जितेको छ। त्यस्तै इन्टर मिलानले २० र एसी मिलानले १९ पटक उपाधि जितेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile