नेपाल विद्यालय खेलकुद महासंघका महासचिव एवं अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की स्कुल ओलम्पिक कार्यक्रमको २०औ संस्करणमा सहभागी भएका छन् ।

आईएसएफ भिआईपी डेलगेट्सका रुपमा कार्की कार्यक्रममा सहभागी भएको महासंघले जनाएको छ । कतारको विद्यालयस्तर खेलकुद प्रतियोगितामा विभिन्न २० खेलको प्रतिस्पर्धा भएको थियो ।

कतारमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिी (आईओसी) का अध्यक्ष थोमस बाच, कतारका शिक्षा तथा उच्च शिक्षा मन्त्री, आईएसएफका अध्यक्ष, कतार ओलम्पिक कमिटिका अध्यक्ष र महासचिव, कतार विद्यालय खेलकुद संघका अध्यक्ष र प्रतियोगितामा समावेश २० खेलका राष्ट्रिय खेल संघका पदाधिकारी सहभागी थिए ।

यसअघि कार्कीले पेरिस ओलम्पिक २०२४ को टर्च रिलेमा पनि सहभागी भएका थिए । नेपाल विद्यालय खेलकुद महासंघले विभिन्न उमेरसमूहको विद्यालय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिताका लागि समन्वय गर्दै आएको छ । कार्की शनिबार स्वदेश फर्किदै छन् ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile