काठमाडौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगिता सम्पन्न भएको छ। कर्तिपुर कबर्ड हलमा सम्पन्न प्रतियोगितामा कुल १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

काठमाडौ जिल्लाका ८ वटा नगरहरु बिच भएको प्रतिस्पर्धामा पुरुष कुमिते तर्फ ४२ केजिमा गोकर्णेश्वर पाशनुरी शेर्पा पुरुष ४७ केजीमा गोकर्णेश्वरका मिलन मगर पुरुष ५२ केजिमा काठमाडौका किस्मत कुवर,५७ केजीमा काठमाडौका उत्सब गुरुङ,६२ केजिमा काठमाडौका प्रशन लामा र पुरुष एकल कातामा चन्द्रागिरीका प्रथम मानन्धरले स्वर्ण पदक जित्न सफल भए।

महिला कुमिते तर्फ ४० केजीमा तार्केश्वरकी एलिना तामाङ ४५ केजीमा काठमाडौकी दिब्या प्रधान ५० केजीमा तार्केश्वरकी सलिना प्रधान ५५ केजीमा चन्द्रागिरीकी निकिता स्याङ्तान ६० केजीमा गोकर्णेश्वरी टिकामाया जिम्मी महिला एकल कातामा चन्द्रागिरीकी सिपारा नेपालीले स्वर्ण पदक जित्न सफल भईन।

४ स्वर्ण ३ रजत र ६ कास्य जितेको काठमाडौ महानगर टिम प्रथम,३ स्वर्ण २ रजत २ कास्य टिम दोस्रो,३ स्वर्ण १ रजत १ कास्य पदक जित्दै गोकर्णेश्वर नगरपालिका टिम तेस्रो भयो।

पदक बिजेता खेलाडीहरुलाई नेपाल कराते महा संघका महासचिव धावा गुरुङ काठमाडौ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भाईकृष्ण बलामी,कराते महासंघ काठमाडौका अध्यक्ष ज्ञान बहादुर जिम्बा लगायतले मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile