विशालविक्रम कायश्थको संयोजकत्वमा काभ्रे जिल्ला टेबलटेनिस संघ, तदर्थ समिति गठन गरिएको छ ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायतको उपस्थितिमा १० सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
सह–संयोजक दीपकप्रसाद थपलिया छन् । सदस्यमा मधुसुदन तिमिल्सिना, विजेन रन्जित, विमला मानन्धर, मनीषा तामाङ, रुपचन्द्र थापा, रोहिन पराजुली, किरण श्रेष्ठ र सिद्ध राना मगर रहेका छन् ।

