काठमाडौं। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा यहि जेठ २४ गते लाङटाङ ट्रेल रनको आयोजना गर्ने भएको छ।लाङटाङ क्यान्जिङ भ्यालीको क्वाङजिन गुम्बा ३८४० मिटर बाट शुरु भई १९०० मिटर स्थित स्याफ्रुबेसी मा पुगेर टुंगिने ट्रेल रन ३२ किमी को हुने आयोजक पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले विहिवार आयोजित पत्रकार सम्मेलनमा बताए।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १ सय भन्दा वढी खेलाडीहरुको सहभागिता रहने र त्यसमा राष्ट्रिय खेलाडीहरुले सहभागिता खुल्ला गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा महिला र पुरुष दुबै तर्फका विजेताले नगद रु १ लाख, दोस्रो स्थान हात पार्नेले ७५ हजार, तेस्रो स्थानलाई ५० हजार, चौथो स्थानलाई २५ हजार र पाँचौं स्थान हात पार्ने खेलाडीले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता आयोजनाका लागि करिव ४० लाख रुपैंया खर्च हुने अनुमान गरिएको छ। विसं २०७२ को भूकम्पले निकै प्रभावित बनाएको लाङटाङ क्षेत्रमा पर्यटनलाई पुनर्जीवन दिने र हिमाली दौडलाई विश्व ट्रेल रनको नयाँ गन्तब्य बनाउने उदेश्य रहेको रसुवा नुवाकोट पर्यटन समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले बताए।

प्रतियोगितालाई बाग्मति प्रदेश पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र रसुवा गोसाइकुण्ड गाँउपालिकाले सहयोग गर्ने बताइएको छ। प्रतियोगिता आयोजनाका लागि गगनराज न्यौपाने, दिनेश तामाङ र उर्जा तामाङ सदस्य रहेको प्राविधिक टोली बनाइएको जनाइएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile