काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा तेश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ १५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई जनही २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ । एनआईसी एकेडेमी साविक विजेता हो । पहिलो संस्करणमा नोब्स च्याम्पियन बनेको थियो ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । जेठ २१ गतेसम्म चल्ने प्रतियोगिताका खेहलरु चवहिलमा हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile