काठमाडौँ- युरोपेली फुटबलको सर्वाधिक प्रतिष्ठित व्यक्तिगत अवार्ड “युरोपियन गोल्डेन बुट” को २०२४/२५ सिजन रोमाञ्चक अन्त्यतर्फ अघि बढिरहेको छ। युरोपका उत्कृष्ट स्ट्राइकरहरूबीचको प्रतिस्पर्धा अहिले चरमचुलीमा पुगेको छ।

शीर्ष स्थानमा स्विडेनका भिक्टर ग्योकेरेस:
पोर्चुगिच क्लब स्पोर्टिङ लिस्बनका फरवार्ड भिक्टर ग्योकेरेस हाल ३९ गोलसहित शिर्ष स्थानमा रहेका छन्। उनको गोलको कुल अङ्क ५८.५ छ, जसले उनलाई सबैभन्दा अगाडी उभ्याएको छ। यद्यपि, उनको क्लबको सिजन समाप्त भइसकेको हुँदा अब अंक थप्ने सम्भावना छैन।

सलाह र एमबाप्पेको कडा चुनौती:
मोहम्मद सलाह (लिभरपुल):
सलाहले प्रिमियर लिगमा हालसम्म २८ गोल गरिसकेका छन्। गोल्डेन बुटको दौडमा उनले ५६ अङ्क बनाइसकेका छन्। अन्तिम खेलमा उनले दुई वा तीन गोल गरेमा, उनी शीर्ष स्थानमा पुग्न सक्ने सम्भावना रहेको छ।

किलियन एमबाप्पे (रियल म्याड्रिड):
फ्रेन्च सुपरस्टार एमबाप्पेले हाल २९ गोल गर्दै ५८ अङ्क बनाएर बलियो अवस्थामा रहेका छन्। सिजनको अन्तिम लिग खेलमा गोल गर्न सकेमा उनले ग्योकेरेसलाई पछि पार्ने सम्भावना बलियो छ।

गोल्डेन बुट कसरी दिइन्छ?
युरोपका विभिन्न लिगका खेलाडीहरूको गोल सङ्ख्यामा आधार राखेर यो अवार्ड दिइने गरिन्छ। युरोपको शीर्ष पाँच लिग (इङ्ल्यान्ड, स्पेन, जर्मनी, इटाली, फ्रान्स) मा गरिएको प्रत्येक गोललाई २ गुणा अङ्क दिइन्छ भने त्यस बाहेक अन्य लिगमा १.५ गुणा प्रति गोलको अंक दिइने गरिन्छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile