इन्डियन प्रिमियर लिग आइपिएलमा प्लेअफको कडा प्रतिस्पर्धा हुने भएको छ। हिजो हुने भनिएको खेल वर्षाले प्रभावित भएपछि साबिक विजेता कोलकत्ताको प्रतियोगिताको प्ले अफ पुग्ने सम्भावना सकिएको छ।
प्लेअफको रेसमा रहेका टोलिहरु:
बेंग्लोर: शीर्ष स्थानमा उक्लिएको बेंग्लोरलाई अन्तिम खेल जितेमा प्लेअफ स्थान पक्का हुनेछ।
गुजरात: यदि आज दिल्ली क्यापिटल्सलाई पराजित गर्न सके, प्लेअफ प्रवेश सुनिश्चित हुनेछ।
पन्जाब: राजस्थानविरुद्धको जितले १७ अंकमा पुर्याउनेछ, जसले प्रबल सम्भावना निर्माण गर्नेछ।
मुम्कई: बाँकी दुबै खेल जितेमा प्लेअफमा पुग्ने बलियो सम्भावना रहन्छ।
दिल्ली: तीनै खेल जितेमा मात्र स्पष्ट सम्भावना, अन्य अवस्थामा नेट रन रेटमा निर्भर।
लख्नाउ: सबै खेल जित्नै पर्ने चुनौती, कठिन बाटो बाँकी छ।

