काठमाडौँ- इंडियन प्रिमियर लिग (आईपीएल) २०२५ को ५८औँ खेल वर्षाका कारण बिना एक बल फ्याँकिँदै रद्द भएको छ।
शनिबार बेलुका चिन्नास्वामी स्टेडियममा निर्धारित रॉयल च्यालेन्जर्स बैंगलोर र कोलकाता नाइट राइडर्सबीचको यो महत्वपूर्ण खेल मौसमले प्रभावित हुन पुगेको हो ।
भारत–पाकिस्तान सीमामा बढ्दो तनावका कारण आइपीएलको तालिका केही समयका लागि स्थगित गरिएको थियो। यो खेल पुनः सुरु भएको पहिलो म्याच थियो।

