काठमाडौं। न्युटन र भ्याली पब्लिक आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
न्युटनले लालीगुराँस नेसनल एकेडमीलाई ३९–२० ले पराजित ग¥यो । न्युटनको जितमा आशिष राईले ११ अंक योगदान गरे । जुनियर ब्वाइजमा न्युटन पहिलो पटक फाइनल पुगेको न्युटनका प्रशिक्षक नारायण खवासले जनाएका छन् ।
अशोक विकको २३ अंक सहयोगमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३१–२७ ले हरायो ।
बसुन्धरास्थित बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा भ्याली पब्लिक र ग्रिनल्यान्ड उपाधिका लागि भिड्ने भएका छन् ।
भ्याली पब्लिकले फेरिल्यान्डलाई ३४–२८ ले पाखा लगायो । भ्याली पब्लिककी लोरिशा गौचनले १३ अंक जोडिन् । ग्रिनल्यान्डले केभीकेएसएसलाई ३८–२७ ले पन्छायो । ग्रिनल्यान्डकी आहाना खड्काले १५ स्कोर गरिन् ।

