ललितपुर – काठमाडौं महानगरपालिकाले लगातार दोस्रो पटक उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको उपाधी जितेको छ ।

गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा सम्पन्न दोस्रो संस्करणको फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई सडन डेथमा ८–७ गोल अन्तरले हराउँदै साविक विजेता काठमाडौंले फेरी उपाधी जितेको हो । करिब ६ हजार दर्शकले प्रत्यक्ष रगशालाको प्राकृतिक प्याराफिटबाट हेरेको खेलमा निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन सकेन । खेलको पहिलो हाफमा काठमाडौं हाबी देखीएपनि दोस्रो हाफमा गोदावरीले गोल गर्ने केही अवसर चुकाएको थियो ।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । सुरुका ५–५ पेनाल्टि बराबर भएपछि खेलको निर्णय सडनडेथबाट गरिएको थियो । गत वर्ष सम्पन्न पहिलो संस्करणमा काठमाडौंले चन्द्रागिरी नगरपालिकालाई हराउँदै उपाधी जितेको थियो । यसपालि भने चन्द्रागिरी समूहचरणबाटै आउट भयो । काठमाडौंले पायो ५ लाख उपाधिसँगै काठमाडौंले ५ लाख नगद र विश्वकै दुर्लभ चरा काँडेभ्याकुर अंकित सुनौलो ट्रफि पनि जितेको छ। दुर्लभ चरा काँडेभ्याकुर नेपालको गोदावरी नगरपालिकाको बज्रबाराही र आसपासका जंगलमा मात्र पाइन्छ । यसैगरी उपविजेता बनेको गोदावरीले ३ लाख नगदसहित ट्रफि पुरस्कार पाएको छ ।

फाइनल खेलमा म्यान अफ दि म्याच काठमाडौंका गोलकिपर सुदीप गिरी भए । दोस्रो संस्करणमा अनुशासित टिम बनेको मध्यपुर ठिमी नगरपालिकाले ५० हजार नगद पायो। सर्वोत्कृष्ट खेलाडी पासाङ, अरुण सर्वाधिक गोलकर्ता प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गोदावरीका पासाङ तामाङ भए । उनी गत वर्ष प्रतियोगितामा इमर्जिङ प्लेयर भएका थिए । टोलीले फाइनलसम्म पुग्दा उनको योगदान महत्वपूर्ण रह्यो । प्रतियोगितामा सबैभन्दा बढी गोल गोदावरीका अरुण लामाले गरे । उनले सर्वाधिक ९ गोल गर्ने क्रममा सबै गोल समूह चरणमै संभव भएको थियो ।

अरुणले महालक्ष्मी नगरपालिका र बाग्मती गाउँपालिकाबिरुद्ध ४–४ तथा ललितपुर महानगरपालिकाविरुद्ध १ गोल गरेका थिए । सेमिफाइनल र फाइनलमा उनले गोल गर्न सकेनन् । यसअघिको संस्करणमा पनि क्बार्टरफाइनलबाटै बाहिरिएको कीर्तिपुरका यमन मर्हजनले सर्वाधिक ६ गोल गरेका थिए । प्रतियोगितामा इमर्जिङ प्लेयर गोदावरीका समिर तामाङ भए भने उत्कृष्ट गोलरक्षक गोदावरीकै विवेक सिलवाल भए । उत्कृष्ट डिफेन्डर काठमाडौंका सरोज तामाङ हुँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपानेले दोस्रो पटक पाउन सफल भए । उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्वाधिक गोलकर्ता, इमर्जिङ प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार नगद पुरस्कार प्रदान गरियो। विजेता तथा उपविजेता टिमलाई कांग्रेस महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापा, प्रतिनिधीसभा सदस्य उदय शमसेर राणा, बाग्मती प्रदेशका खेलकुदमन्त्री मिनकृष्ण महर्जन लगायतले पुरस्कार वितरण गरे ।

आयोजक गोदावरी, दक्षिणकाली नगरपालिकालाई पेनाल्टि सुटआउटमा ४–३ गोलले हराउँदै तथा काठमाडौं कीर्तिपुर नगरपालिकालाई ३–० ले हराउँदै फाइनलमा पुगेका हुन् । काठमाडौंले समूहचरणमा चाँगुनारायणलाई ५–० ले तथा मध्यपुर ठिमीलाई १–० ले हराएको थियो । गोदावरीले समूह चरणमा महालक्ष्मीलाई ६–१ ले, बाग्मतीलाई ७–० ले ललितपुर महानगरसँग १–१ गोलको बराबरी खेलेको थियो । गत वैशाख २० गते शुरु भएको प्रतियोगितामा उपत्यकाभित्रका १३ वटा पालिकाका टिमले प्रतिस्पर्धा गरेका थिए। काठमाडौंका ६, ललितपुरका ५ र भक्तपुरका २ वटा स्थानीय तहले सहभागिता जनाएका थिए । काठमाडौं जिल्लाका काठमाडौ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका,कागेश्वरी मनहरा नगरपालिका र तारकेश्वर नगरपालिकाले खेलेका थिए ।

यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरी सहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका , बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाले सहभागिता जनाएका थिए । यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले सहभागीता जनाएका थिए । अघिल्लो पटक सहभागी भएका काठमाडौंका नागार्जुन नगरपालिका , टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका यसपटक सहभागी भएनन् भने चाँगुनारायण र कागेश्वरी मनोहराले पहिलो पल्ट सहभागिता जनाए । अघिल्लो संस्करणमा पनि सहभागी नभएका शंकरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र महांकाल गाउँपालिकाले यसपटक पनि भाग लिएनन् ।

यस्तै भक्तपुरका भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका पनि सहभागी भएनन् । उपत्यकामा गोदावरी मेयर कपको उचाइँ बढ्दै ः मेयर मर्हजन नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाब्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको बताए । उनले दोस्रो संस्करणसम्म आइपुग्दा फुटबलको माहोल बढ्दै गएकाले आगामी संस्करणमा दर्शकको मागलाई ध्यानमा राख्दै प्रतियोगिता आयोजना गर्ने बताए। “ गोदावरीको वडा हुँदै नगर तथा जिल्लाका साथै प्रदेश एवं राष्ट्र मात्रै नभएर अन्तरर्राष्ट्रिय जगतमा समेत नेपाललाई चिनाउने युवा खेलाडी उत्पादन गर्न यो प्रतियोगिता आयोजना गरेका हौँ ,” उनले भने , लगातार २ संस्करण पनि हामीले सफलता पूर्वक सम्पन्न गरिसकेका छौँ । मेयर महर्जनले प्रतियोगिताले नवनिर्मित गोदावरीको खेल मैदानलाई अझ विस्तार र स्तरउन्नती गर्न थप बल पुग्ने विश्वास ब्यक्त गरे ।

उनले भने, “गोदावरीमा खेल पर्यटनको पनि संभावना छ र त्यसको विकासका निम्ती यो प्रतियोगिता कोशेढुङ्गा हुनसक्छ । ” मेयर मर्हजनले वन कार्यालयबाट ३ दशमलब ५ हेक्टरको बनको जग्गा रंगशालाको भोगाधिकारका लागी प्राप्त भएको बताए । उनका अनुसार नगरपालिकाको गौरबको योजना अन्र्तगत रहेको १५ हजार क्षमताको मिनी रंगशालाका लागि २ अरब खर्च लाग्ने अनुमान गरिएको छ । यसलाई प्रदेश र संघको बहुवर्षे योजनामा समावेश गरि निर्माण कार्य अघि बढ्ने बताए । कांग्रेस महामन्त्री थापाले गोदावरीमा दर्शकको उत्साह अत्याधिक रहेको बताए । गोदावरी रंगशालाका लागि आफूहरुले सक्ने सहयोग गर्ने प्रतिवद्धता उनले गरे । प्रतिनिधी सभासदस्य उदय शमसेर राणा, एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य लगायतले गोदावरीले खेलकुद क्षेत्रमा गरिरहेको योगदानको कदर गरे ।

दर्शकका लागि प्याराफिट बनाइदिने ः मन्त्री मर्हजन बाग्मती प्रदेशका खेलकुद मन्त्री मर्हजनले पनि दर्शकका लागि आफूले प्याराफिट बनाइछाड्ने प्रतिवद्धता जनाए र्। खेलाडीले आसन र भाषण मन पराउँदैन , म खेलकुद बुझेको मान्छे हुँ , उनले भने र्, उहाँको आवश्यकतालाई मैले बुझेको छु , सक्दो सहयोग गर्नेछु । उपत्यका भित्रका खेलाडीको फुटबलप्रतिको मोह बढाउने र यहाँ नयाँ खेलाडी जन्माउने तथा फुटबलप्रतिको मोह बढाउने काम गोदावरी मेयर कपले गरेको प्रतियोगिता संयोजक निरोज बज्राचार्यले बताए । उनका अनुसार उपत्यकामा मात्र नभएर गोदावरी मेयर कपको चर्चा देशभर रहेको बताए

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile