राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कुमार श्रेष्ठलाई फुल कन्ट्याक्ट करातेको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
सहायक प्रशिक्षक श्रेष्ठ काठमाडौं जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए ।
उनलाई बिहीबारै मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
श्रेष्ठलाई तालिम तथा प्रशिक्षण विभागमा पदस्थापनसहित सरुवा गरिएको छ ।

