काठमाडौँ- साउदी अरबको प्रतिष्ठित फुटबल क्लब अल-इतिहाद ले २०२४/२५ सिजनको साउदी प्रो लिग (रोशन लिग) को उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। शनिबार राति अल-राएदविरुद्धको ३–१ को शानदार जितपछि, अल-इतिहादले दुई खेल बाँकी रहँदै उपाधि पक्का गरेको हो।

यो उपाधि क्लबको लागि दशौं राष्ट्रिय उपाधि हो।

बेन्जेमाको एशियामा पहिलो उपाधि:
यो उपाधिसँगै फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा को लागि पनि विशेष सफलता मिलेको छ। रियल म्याड्रिडमा १४ वर्ष बिताएर सन् २०२३ मा अल-इतिहादमा आबद्ध भएका बेन्जेमाले एशियामा आफ्नो पहिलो उपाधि जित्न सफल भएका हुन्। चोटका कारण उनी अन्तिम खेलमा मैदानमा देखिएनन्, तर सिजनभर उनले क्लबको अग्रपंक्तिमा शानदार प्रदर्शन गरेका थिए।

बेन्जेमाले लिगमा २१ गोल गर्दै शिर्ष गोलकर्ताको सूचीमा आफूलाई शीर्ष स्थानमा राखेका थिए। उनले क्रिस्टियानो रोनाल्डो भन्दा दुई गोलले पछाडि पारेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile