काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको हो। जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ।

हङकङको तीन खेलबाट चार अंक छ। नेपालको भने समान खेलबाट तीन अंक छ।

नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गरेको हो। हङकङका शान्जिन शहजादले अविजित रहँदै सर्वाधिक १५ रन बनाइन्। १२ बल खेलेकी उनले एक छक्का प्रहार गरिन्।

मारिको हिल ११ रनमा आउट भइन्। नेपालकी कविता कुँवरले दुई विकेट लिइन्। १.३ ओभर बलिङ गरेकी उनले पाँच रन खर्चिइन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनाएको थियो। वर्षाका कारण खेल पाँच ओभरमा खेलाइएको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile