काठमाडौँ- अष्ट्रेलियाले आगामी जुन ११ मा लर्ड्स क्रिकेट मैदानमा दक्षिण अफ्रिकाविरुद्ध हुने विश्व टेस्ट च्याम्पियनशिप (WTC) फाइनलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ।

टोलीको कप्तानी पुनः प्याट कमिन्सले सम्हाल्ने भएका छन्।

कमिन्सले पछिल्लो श्रीलंका भ्रमण र च्याम्पियन्स ट्रफी गुमाएका थिए, तर उनी पुनः फिट भई टोलीमा फर्किएका हुन्। टोलिको सेलेक्टर जर्ज बेलीले भने, “प्याट, जोश (हेजलवुड) र क्याम (ग्रीन) को पुनरागमनले टोलीमा सन्तुलन र अनुभव थपिएको छ, जुन फाइनल जस्तो ठूला प्रतियोगितामा महत्वपूर्ण हुन्छ।”

घोषित टोलीमा यी खेलाडीहरू छन्:
प्याट कमिन्स (कप्तान),क्यामरुन ग्रीन,जोश हेजलवुड ,स्कट बोलान्ड,एलेक्स केरी, ट्राभिस हेडजोश, इंगलिसउस्मान ख्वाजाम्याट, कुहनेमनमार्नस लाबुशेननाथन, लियोन, स्टिभ स्मिथ, मिचेल स्टार्क,सैम कोन्स्टास र ब्यू वेब्स्टर

ब्रेंडन डगेटलाई यात्रा रिजर्भको रूपमा समावेश गरिएको छ।

उपाधि रक्षा गर्ने लक्ष्य
अष्ट्रेलिया सन् २०२३ मा भारतलाई पराजित गर्दै विश्व टेस्ट च्याम्पियन बनेको थियो। यसपटक उनीहरूले उक्त उपाधि रक्षा गर्ने लक्ष्यसहित तयारी गरिरहेका छन्। दक्षिण अफ्रिकाजस्तो प्रतिस्पर्धात्मक टोलीविरुद्धको फाइनल खेललाई क्रिकेट विश्लेषकहरूले उच्च स्तरको संघर्ष मानिरहेका छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile