काठमाडौँ- भारतीय क्रिकेटका महान खेलाडीमध्ये एक, विराट कोहलीले सोमबार बिहान टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्।

१४ वर्ष लामो गौरवपूर्ण यात्रामा उनले १२३ टेस्ट खेल्दै ९२३० रन बनाएका छन्, जसमा ६८ टेस्टमा उनले कप्तानी गरपसकेका छन्। उनको टेस्ट क्रिकेटमा ब्याटिङ औसत ४६.८५ रहेको छ।

कोहलीले सामाजिक सञ्जालमार्फत भावुक सन्देश प्रकाशित गर्दै सन्यासको घोषणा गरेका हुन्। “१४ वर्ष भयो मैले पहिलोपटक टेस्ट क्रिकेटमा भारतको प्रतिनिधित्व गरेको। यो यात्राले मलाई परीक्षण गर्‍यो, आकार दियो र जीवनभरका अमूल्य पाठहरू सिकायो,” उनले लेखेका छन्।

उनले टेस्ट क्रिकेटलाई ‘सबैभन्दा व्यक्तिगत अनुभव’को रूपमा वर्णन गर्दै भने, “सेतो पोशाकमा लामो दिनसम्मको मौन संघर्ष, ती साना तर गहिरा क्षणहरू जुन कोही देख्दैन तर हृदयमा सदैव बस्छन् — यिनै क्षणहरूले मलाई प्रेरणा दिए।”

कोहलीले थप लेखे, “यो निर्णय सजिलो छैन तर उचित महसुस हुन्छ। मैले टेस्ट क्रिकेटलाई मेरो सम्पूर्ण योगदान दिएको छु, र यस फर्म्याटले मलाई कल्पनाभन्दा धेरै केही फर्काइदिएको छ। म कृतज्ञ छु — खेलप्रति, मैदानमा साथ दिने टिम साथीप्रति, र ती सबै दर्शकप्रति जसले सदैव साथ दिएका छन्।”

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile