ललितपुर – आयोजक गाेदावरी नगरपालिका र दक्षिणकाली नगरपालिका दाेस्राे उपत्यका ब्यापी गाेदावरी मेयर कप फुटबलको सेमिफाइनलमा भिड्ने भएका छन् ।

शनिबार गाेदावरी बहुउद्देश्यीय रंगशालाकाे झ्यालुन्टार मैदानमा सम्पन्न खेलमा चन्द्रागिरी नगरपालिकालाई २-१ गाेल अन्तरले हराउँदै दक्षिणकालीले समूह सीकाे बजेता बन्दै सेमिफाइनलमा स्थान बनाएकाे हाे । अर्को खेलमा अरुण लामाकाे ४ गाेलकाे मद्दतमा गाेदावरीले बागमतीलाई ७-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे छ ।

गाेदावरीका लागि थप गाेल अनिल बाेम्जनले गरे । अरूण सर्वाधिक गाेल गर्ने खेलाडीकाे सूचीमा पहिलाे नम्बरमा छन् । उनले महालक्ष्मी विरुद्ध ४ र ललितपुर महानगरबिरुद्ध १ गाेल गरेका थिए । याे समूह ए काे दुबै खेल फरक फरक मैदानमा शनिबार भएकाे थियाे । गाेदावरी र बाग्मतीकाे झ्यालुन्टार मैदानमा भएकाे थियो भने ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाबिचकाे खेल च्यासल मैदानमा भएकाे थियो ।

साे खेलमा ललितपुर महानरपालिका १-० ले विजयी भएकाे थियो । ललितपुर र गाेदावरीकाे समान ७-७ अंक भएपनि गाेल अन्तरका अाधारमा गाेदावरी अन्तिम चारमा पुग्न सफल भयाे । समूह बि बाट काठमाडौं महानगरपालिका दुबै खेेल जितेर ६ अंक सहित सेमिफाइनलमा पुगिसकेको छ । उसले मध्यपुर ठिमी र चागुनारायण लाई हराएको छ ।

काठमाडौंकाे प्रतिस्पर्धी अाइतबार हुने काेन्ज्याेसाेम गाउँपालिका र कीर्तिपुर नगरपालिका बिचकाे खेलकाे नतिजाले टुंगो लगाउने छ । याे समुहमा २ खेलबाट तारकेश्वरकाे २ अंक छ भने काेन्ज्याेसाेम र कीर्तिपुरकाे १-१ अंक छ। आईतबारकाे खेलमा जाे विजेता हुन्छ , उ सेमिफाइनलमा पुग्ने छ ।बराबरीले तारकेश्वरकाे पनि संभावना रहन्छ । सेमिफाइनल खेल ३० बैशाखमा र फाईनल खेल २ जेठमा हुनेछ ।

गाेदाबरी मेयरकप कै शनिबारको चाैथाे खेलमा मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकाले १-१ गाेलकाे बराबरी खेलेका छन् ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *