काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेल्न बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोली बुधबार थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गर्न लागेको हो।

नेपाली टोली हाल भारतको दिल्ली छ। टोलीले दिल्लीमा रहँदा दुई स्थानीय क्लबसँग अभ्यास खेल खेलेको थियो।

दिल्लीको टोलीसँग नेपालले तीन हार बेहोरेको थियो। एक खेल वर्षाले सम्भव भएको थिए। आरपिसिएसँगको पहिलो खेलमा ३२ रनको हार बेहोरेको थियो भने मंगलबार चार रनको रोमाञ्चक जित हासिल गरेको थियो।

प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुने तय छ। नेपालले पहिलो खेल हङकङसँग १० मे मा खेल्नेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।

यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह सी मा छ। यो समूहमा हङकङ र बहराइन छन्। नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ।

यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ। १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ। हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile