काठमाडौँ। नेपाली महिला क्रिकेट टोलीले अभ्यास भएको दोस्रो अभ्यास खेल जितेको छ । दिल्लीमा मङ्गलबार भएको खेलमा नेपालले भारतको आरपिसिए गर्ल्सलाई चार रनले हराएको हो ।

जितका लागि नेपालले दिएको एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको आरपिसिए निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २५ रनमा समेटिएको थियो ।

आरपिसिएका लागि नजमा खानले अविजित ४७, वारुले २९ र मान्वीले २० रन बनाइन्। बलिङमा नेपालका लागि पूजा महतोले दुई तथा कविता कुँवर, शवनम राई र रिया शर्माले एक एक विकेट लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । नेपालका लागि राजमती ऐरीले सर्वाधिक २९ रन बनाइन्। रुबी पोदारले २०, कविता जोशीले अविजित १९, कविता कुँवरले १८, पूजा महताेले १६ र कप्तान इन्दु बर्माले १५ रन जोडिन्।

विश्वकप छनोट मे ९ देखि २० तारिखसम्म थाइल्यान्डमा हुनेछ । नेपाली टोली भारतबाटै थाइल्यान्ड जाने छ ।

छनोटमा समूह ‘सी’ मा रहेको छ । यस समूहमा नेपालसहित बहराइन र हङकङ छन् ।

नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ तारिखमा बहराइसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाली टोली:

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्मा ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile