नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ ।

सम्झौता अनुसार हाप्किडो संघमा आवद्ध व्यक्ति तथा संस्थाहरूले अस्पतालका विभिन्न सेवामा उल्लेखनीय छुट सुविधा प्राप्त गर्ने संघले जनाएको छ ।

‘हाम्रो उद्देश्य केवल उपचार मात्र होइन, खेलकुद र शारीरिक सशक्तिकरणमा समर्पित संस्थाहरूसँग सहकार्य गरेर सामुदायिक स्वास्थ्यलाई अझ मजबुत बनाउने हो,’ नेपाल नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले हस्ताक्षर कार्यक्रममा भने ।

नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले यस सहमतिलाई हाप्किडो खेलाडीहरूको स्वास्थ्य सुरक्षामा ठूलो उपलब्धि भएको बताए ।

सम्झौता २३ बैशाख २०८२ देखि २२ बैशाख २०८४ सम्म लागू हुनेछ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile